मालपोत कार्यालयका बिचौलिया र लेखापढी व्यवसायी तुलसीपुरबाट पक्राउ

Screenshot

तुलसीपुर ,२२ चैत

मालपोत कार्यालय तुलसीपुर हाताभित्रैबाट बिचौलिया र लेखापदी ब्य्बसायी आज आइतबार १० जना पक्राउ परेका छ्न | उनीहरूलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय तुलसीपुर पुर्याएको छ | 

नयाँ सरकारको नेतृत्व बालेन्द्र साह बालेनले लिएदेखी बिभिन्न देशका बिभिन्न कार्यालय बाट बिचौलिया लाई पक्राउ गर्नै क्रम जारी रहेको छ | 

सेवाग्राहीहरूले काम गराउँदा अनावश्यक झन्झट खेप्नुपरेको र बिचौलियाहरूको चलखेल बढेको र लेखापढी व्यवसायीले बढी रकम लिने गरेको जनगुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम खुलाएको छैन् । पक्राउ परेका उनीहरु संग सोधपुछ र अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियामुक्त वातावरण बनाउने उद्देश्यले सुरक्षा निकायले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्दै आएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *