चखौरामा रैथाने थारु खानाको प्रदर्शनी,प्रदेश प्रमुखद्धारा स्वाद परिक्षण

सुशील बस्नेत
चखौरा दाङ,१८ चैत

थारु परम्परागत खानाको व्यावसायिक प्रवद्र्धन तालिम बुधबार पश्चिम दाङको चखौरामा सकिएको छ । तीन दिनसम्मको यो तालिममा दाङ जिल्लाका थारु समुदायका ४० जनाजति महिलाहरू सहभागी भएका थिए ।
पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना तथा थारु सांस्कृतिक संरक्षण केन्द्र चखौरा दाङको सहकार्य तथा व्यवस्थापनमा तालिम सञ्चालन गरीएको हो ।
तालिममा सहभागि पश्चिम दाङका बिभिन्न गाँउका थारु महिलाहरुले बनाएका करिब ४० प्रकारका रैथाने थारु खाना परिकारहरूको प्रदर्शनी तथा स्वाद परीक्षणसमेत गरिएको थियो ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, दंगीशरण गाउँपालिका प्रमुख शम्भु गिरी लगायत जिल्लाका उच्च सरकारी अधिकारीहरूसमेत सहभागी हुनुभएको थियो । लोप हुँदै गइरहेका थारुहरूको परम्परागत तथा रैथान खाना प्रवद्र्धनका लागि यो तालिम आयोजना गरिएको पर्यटन डिभिजन कार्यालय कोहलपुरले जनाएको छ । यसअघि लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले थारु संग्रालयको अवलोकन गर्नुभएको थियो । निकै रुचिपूर्वक अवलोकन गर्नुभएका घर्तीमगरले नेपालमा मात्र होईन अन्नतराष्ट्रिय पर्यटनको आकर्षक र अध्ययनको लागि महत्वपूर्ण स्थलको रुपमा स्रगालयको स्तर रहेको बताउनुभयो । उहाँले संग्रालयको बिकास र बिस्तारमा अझै लाग्नुपर्ने सुझाब दिनुभयो ।
दंगीशरण गाँउपालिकाको चखौरा स्थीत सञ्चालनमा रहेको थारु संग्रालय थारु तथा गैर थारुहरुको आन्तरिक पर्यटनको रुपमा बिकास भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *