चैत ११ गते
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । केसीले शपथ लिएपछि चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउने छन् र सभामुख निर्वाचित नहुँदासम्म उनले नै सभाको अध्यक्षता गर्नुहुने छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको थियो भने ७८ वर्षका हुनुहुन्छ ।
केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउनुहुने छ । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नुहुने छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

