Tue. May 5th, 2026

प्रबृत्ति शाह
तुलसीपुर, ३० फागुन

सुनचाँदी ब्यबसायीको बिकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्नेमा ब्यबसायीहरुले जोड दिएका छन् । शनिबार तुलसीपुर स्थीत नवदुर्गा सामुदायीक बनको ग्रीन पार्कमा आयोजना गरिएको तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघको १६ औ बार्षिकोत्सव तथा छैठौ साधारणसभामा सहभागिहरुले लगानीको हिसावले अत्यन्त बढि तर मर्यादित हुन नसकेको सुनचाँदी ब्यबसायलाई नीतिगत सुधार गर्नुपर्ने बताएका हुन ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघका केन्द्रिय कोषाध्यक्ष सुदीप श्रेष्ठले बिगतका सरकारसँग भएका पटक पटकको सहमति र आश्वासन पुरा हुन नसकेको बताउनुभयो । सरकारी नीतिमा कृषी र बन पैदावर जस्ता बस्तुको बिक्रिमा प्यान नचाहिने तर सुनचाँदी ब्यबसायीले बिक्रि गरेको सुनचाँदीको हरेक हिसाव प्रत्येक दिन अपडेट गर्नुपर्ने बाध्यात्मक अबस्था रहेको गुनासो गर्नुभयो । सुन चाँदी ब्यबसायीका लागि एक जना दक्ष कम्युटर जानेको ब्यक्तिबाट हिसाव किताव चुस्तदुरुस्त राख्नु पर्ने अबस्था सरकारको नीतिले झन्झटिलो गराएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो बिक्रि गर्न पाईने नीति छ तर सुन खरीद गर्न पाईदैन, यसप्रकारको ब्यबस्थाले सुनचाँदी ब्यबसायलाई कानुनले बाधिएको छ ।
मानव अधिकारकर्मी एबम संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले कानुनी अडचनलाई खुकुलो बनाई ब्यबसायी मैत्री बनाउन सरकारसँग संवादको आबश्यकता रहेको बताउनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनील केसीले सुन खरिद गर्दा आईपर्ने कठिनाईलाई मध्यनजर गर्दै स्थानीय प्रोटोकल बनाउनुपर्ने सुझाब दिनुभयो । चोरीको सुनको आशंकामा गरिने धरपकडका घटना यसप्रकारको प्रोटोकलले न्यूनिकरण हुनेमा जोड दिनुभयो ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघ मधेस प्रदेशका अध्यक्ष राम जी साहले सरकारले बनाएको कानुनी ब्यबस्थाका कारण सुनचाँदी ब्यबसायीले दुख पाईरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, प्रक्रियागत रुपमा काठमाण्डौबाट खरिद गरि ल्याउदै गरेको सुन बीच बाटोमा प्रहरीले खानतलासीको नाममा नियन्त्रणमा लिने र सरकारले सुराकी बाफत दिईने रकमको लालचमा गर्ने गरिएको गुनासो गर्नुभयो । अव नीतिगत सुधार आबश्यक छ, आगामी सरकारले यसबारेमा नीतिगत सुधार नगरिए आन्दोलनमा जाने र त्यसको तयारी गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल सुनचाँदी ब्यबसायी महासंघका केन्द्रिय सदस्यद्धय मदन केसी र लोकबहादुर स्वर्णकार,तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघका सल्लाहकारद्धय जोगेन्द्र बिश्वकर्मा र मीनराज वली, उच्च अदालत बार एशोसियसनका अध्यक्ष एबम संघका सल्लाहकार मधुसुदन गौतम, मानव अधिकार तथा शान्ति समाजका निर्वतमान सचिव निर्मल नेपाली,शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसी,सल्यान जिल्ला सुनचाँदी ब्यबसायी संघका सदस्य शान्तराज सुनार,तुलसीपुर चेम्वर अफ कर्मशका उपाध्यक्ष सन्तोष खडका,संघका सल्लाहकार सुष्मा बिक लगायतले सुनचाँदी ब्यबसायी,कालीगढ र ब्यबसायमा रहेको अबसर र चुनौतिका बारेमा चर्चा गर्नुभएको थियो ।
तुलसीपुर दाङ सुनचाँदी ब्यबसायी संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षतामा शुरु गरिएको बार्षिकोत्सव तथा साधारण सभामा महासचिव तुलसीराम सुनारले सांगठनीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष लिला बहादुर वलीले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको बन्दसत्रले संघको गतबर्ष कार्यक्रम र भाबि कार्यक्रमलाई केही संशोधन सहित पारित गरेको छ । कार्यक्रमको सञ्चालन महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *