माघ २३
नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य घटेको छ।
आज शुक्रबार सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो। हिजो बिहीबार प्रतितोला ९ हजार पाँच सय रूपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार तोलामा चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

