सुशील बस्नेत
तुलसीपुर,१९ माघ
फागुण २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ,भयरहित र बिश्वसनीय बनाउन नागरिक समाजको भूमीका बिषयक संवाद रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।
निर्वाचनमा धाँधली कसरी हुने तरिका
संवादमा सहभागिहरुले बायोमेट्रिक मेसीन प्रत्येक मतदान केन्द्रमा राख्दा मतदानमा धाँधली नहुने बताएका छन् । मुख छोप्ने अर्थात बुर्कालगाई मुख नदेखाउने प्रथाजनित महिलाहरुको भेषमा एकजना ब्यक्तिले तराई मधेसका मतदान केन्द्रमा कयौ पटक मतदान गर्ने गरेकाले निर्वाचनलाई स्वच्छ,भयरहित र बिश्वसनीय बनाउन मतदान केन्द्रमा बायोमेट्रिक मेसिन जडान गरि त्यसमा अनुहार देखाउदा वा औलाको छाप प्रयोग गर्र्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख सन्तोष आचार्यले सुझाउनुभयो । सीमाबर्ती क्षेत्रका निर्वाचन केन्द्रमा दोहोरो नागरिक्ता भएका ब्यक्तिले मतदान गर्ने र सामुहिक रुपमा एकजना ब्यक्तिले पाँच छ हजार मतदातालाई ठेक्केदार झै लिएर आउने गरेको कयौ घटना यसअघि भएका अनुभव नेपाल पत्रकार महासंघ बुटवलका उपाध्यक्ष रामप्रसाद आचार्य र उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले सुनाउनुभयो । यस प्रकारका गतिबिधीलाई नियन्त्रण गर्न सके निर्वाचन निष्पक्ष हुने बताउनुभयो ।
मतदान केन्द्र मै महिलामाथि हिंसा
महिलामाथि हिंसा र दुब्र्यबहार हुने गरेको महिला अधिकारकर्मी अरुणा श्रेष्ठको भनाई छ । अब्यबस्थीत मतदान स्थल र मतदान केन्द्रमा मतदानका लागि लाईनमा बसेका माहिला माथि बिभिन्न किसीमका हिंसा हुने गरेको छ । त्यसलाई रोक्नुपर्छ उहाँको भनाई छ । त्यसमा पनि अपाङगता भएका ब्यक्तिहरुले बढी पीडा पाउने गरेको दृष्टिबिहीन रञ्जीता रेग्मीले बताउनुभयो । मतदान स्थलमा भिडभाड हुदा भिड ब्यस्थापनमा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरीले प्रहार गर्ने भनेकै अपाङगता भएका ब्यक्तिहरु माथि नै हो । लौरोले प्रहार गरिन्छ,नत हामी भाग्न सक्छौ नत बोल्न सक्छौ भने देख्न सक्ने क्षमता समेत हामीमा हुदैन ।
मतबदर
मत सबै भन्दा बढि बदर हुने र आफुले चाहेको ब्यक्तिलाई मतदान गर्न नपाउने भनेकै अपाङगता भएका ब्यक्तिहरुको हो, दृष्टीबिहिन रञ्जीता शर्माले भन्नुभयो । सहयोगी मार्फत आफ्नो आफुले मतदान गर्ने गरेको तर उक्त ब्यक्तिले दुरपयोग हुने गरेको गुनासो छ । रञ्जीताले भन्नुभयो अपाङगता, अशक्त, गर्भवति,सुत्केरी लगायतलाई पहुँचयुक्त मतदान केन्द्र हुनुपर्छ ।
जेन्जी पुस्ताको भावना सम्बोधन हुनेमा आंशका
प्रतिनिधि सभाका सदस्यहरुले नीति बनाउने कार्यपालिका र ब्यबस्थापिका अर्थात सरकारमा पुग्ने तर नागरिकको आकांक्षा पुरा नहुदा असन्तुष्टि बढदै गएको,गत भदौ २३ र २४ गतेको जेन्जी पुस्ताको आन्दोलनको मर्म र भावना यसपटकको जनप्रतिनिधिहरुबाट हुनेमा आशंका मानव अधिकारकर्मी अर्जुन ज्ञवाली र उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द मरासीनिले बताउनुभयो । लामो समयदेखि निर्वाचन परिबेक्षण गदौ आउनुभएका जिवन आचार्यले यसपटक पनि परिबेक्षण शुरु गरेको र नागरिकमा मतदान प्रति उत्साह नभएको बताउनुभयो । मतदान गरिदिने हो,अरु के परिर्वतन होला भन्ने भनाई नागरिकहरुबाट सुन्ने गरेको बताउनुभयो ।
निर्वाचन प्रति जेन्जी पुस्ता
गुल्मीकी शिक्षा भट्टराईले दक्ष र सक्षम युवाले नेतृत्वमा पुग्दा परिर्वतन गर्न सक्ने बताउनुभयो । युवा उमेर समुह मात्र हुने तर दक्ष र सक्षम नभए त्यसबाट परिर्वतन गर्न सक्ने क्षमता हुने नसक्ने बताउनुभयो । सुशासन, भ्रष्टाचार र सोवा प्रबाह प्रणालीमा सुधार नै जेन्जी पुस्ताको भाग रहेको उहाँले बताउनुभयो । कपीलबस्तुकी अंगीता नेपाली र आरती कशौधनले शिक्षा नीति परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले भन्नुभयो, पढदै रोजगारि गदै हुनुपर्छ । अर्घाखाचीका बिष्णु प्रसाद रावतले राजनीतिक स्थीरता अहिलको आबश्यकता रहेको बताउनुभयो । र निर्वाचन प्रणालीलाई पूर्ण लेखन गर्नुपर्ने बताउनुभयो । कपिलबस्तुका पदप सिंहले भन्नुभयो कर्मचारीतन्त्रमा सुधार गरिनुपर्छ । खटाइएको जिल्लामा कर्मचारी नजाने गर्दा सेवा प्रबाहमा ठुलो समस्या रहेको बताउनुभयो । प्युठानका राजेश शर्माले मतदान गर्ने हुटहुटी भएका मतदाता बिदेशमा रहेका र उनीहरुले मतादन गर्न नपाउने कानुनी अडचनलाई सुधार गर्नुपर्ने बताउनुभयो ।
संवाद समुहले निर्वाचनलाई स्वच्छ,भयरहित र बिश्वसनीय बनाउन बिभिन्न पक्ष संग शुरु गरेको संवाद अन्तर्गत आईतबार बुटवलमा नागरिक समाज र नवयुवा अर्थात जेन्जी पुस्ता सँग छुटाछुटै संवाद सञ्चालन गरेको थियो ।
संवादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेत र बिषयबस्तु माथि प्रकास सहजकर्ता बिक्रम खडकाले गर्नुभएको थियो ।

