माघ ५
दाङमा दृष्टीबिहीनहरुले मतदान गरी नेतृत्व चयन गरेका छन् । नेत्रहिन संघको १४ औ साधारण सभा तथा ६ औ अधिबेसन सोमबार तुलसीपुरमा सम्पन्न भएको हो । अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवार बीच सहमति जुट्न नसक्दा मतदान भएको थियो । मतदानबाट अध्यक्ष पदमा रामबहादुर खडका निर्वाचित हुनुभएको छ । ४९ जना मतदाता रहेको संघको अध्यक्ष पदका उम्मेदवार रामबहादुर खडकाले ३२ मत र प्रतिस्पर्धी कुशल तामाङले १२ मत प्राप्त गर्नुभएको थियो । ५ जना मतदाता अनुपस्थीत भएका थिए ।
मतदान बिधी
दृष्टीबिहीन मतदाता भएकाले उनीहरुले आ आफनो मताधिकार ३ सदस्यीय निर्वाचन कमिटीलाई गोप्य रुपमा जानकारी गराउने र सोही अनुसार उम्मेदवारको मतदानको नामको सूचिमा टिक लगाउने ब्यबस्था गरिएको निर्वाचन कमिटिका सदस्य भोला त्रिपाटीले जानकारी दिनुभयो । खडका र तामाङ संघको पूर्व अध्यक्ष हुनुहुन्छ ।
अन्य पदमा भने सहमति जुटेको थियो । सहमति जुटदा उपाध्यक्षमा आशी चौधरी,सचिव कर्ण पाली,सहसचिव अनिता थापा, कोषाध्यक्षमा प्रबिण चौधरी सर्वसम्मत चयन हुनुभएको छ । सदस्य पदमा ईन्द्र बुढा र सुष्मीता चौधरी पनि सर्बसम्मत हुनुभएको निर्वाचन कमिटिका संयोजक भावुक जंग थापाले जानकारी दिनुभयो ।
आर्थिक क्षमताको बिकास आबश्यक
उद्घाटन सत्र संघका अध्यक्ष गमन चौधरीको अध्यक्षता एबम संघका केन्द्रीय उपाध्यक्ष भावुक जंग थापाको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रमुख अतिथी थापाले अपाङगता भएका ब्यक्तिहरुलाई आर्थिक रुपमा सवल बनाउन सके मात्र अपाङगताको संख्यामा कमि हुने धारणा राख्नुभयो । गरिवीका कारण अस्वस्थ्य हुदा र अपाङगता हुने गरेको उहाले बताउनुभयो । कार्यक्रममा नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष भोला त्रिपाटी, मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत, तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका,जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठ,नेकपा तुलसीपुर नगर कमिटिका अध्यक्ष मोहन थापा, राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्मा,सदस्य बसन्ती वली,घरेलु तथा साना उद्योग संघका महासचिव भद्र वली, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
५५ हजार ५ सय ५५ को अक्षयकोष घोषणा
त्रिदेव बोर्डिङ स्कुलका संचालक नोखिराम वलीले ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । उहाँले बैदेशिक रोजगारका क्रममा निधन भएका छोरा रोजीन वलीको स्मृतिमा संघमा उक्त रकम अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । उहाँले आफु आबद्ध त्रिदेव बोर्डिङ स्कुल तुलसीपुरमा आफु आबद्ध रहदा सम्म दृष्टिबिहीन ब्यक्तिका छोरा छोरीलाई ५० प्रतिशत छुटमा कक्षा १० सम्म अध्ययन गराउने जानकारी समेत दिनुभयो ।
उद्घाटन सत्रको सहजिकरण दृष्टीबिहीन गणेश गन्दर्भवले गर्नुभएको थियो ।

