पुष २७
चर्चित गायक प्रशान्त तामाङको हृदयघात भएर मृत्यु भएको छ । इन्डियन आइडल विजेता ४२ बर्षिय तामाङको ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।
भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उहाको निधन भएको जनाएका छन् । पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्रो संस्करणको इन्डियन आइडलको उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गर्नुभएको थियो । नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलाउनुभएको थियो ।
कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका तामाङले पछि राजीनामा दिनुभएको थियो । उहाले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतका नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ ।
तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गर्नुभएको थियो ।
गायक प्रशान्त तामाङको निधन

