तुलसीपुर,२७ मंसिर
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान्ता एबम पत्रकार जिवराम भण्डारीले ९२ प्रतिसत सनातन हिन्दुहरु भएको नेपालमा अग्रजहरुको कमि कम्जोरीका कारण धर्म निरपेक्षता लादिएको बताउनुभएको छ ।
शनिबार तुलसीपुरमा आयोजना गरिएको हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानमा प्रबुद्ध नागरिक गोष्ठिमा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नुहुदै पत्रकार भण्डारीले बिगतमा भएका कम्जोरीलाई सच्याउने अवसर आउन लागेको बताउनुभयो । उँहाले भन्नुभयो, आगामी निर्वाचन नै उपयुक्त समय हो । सबै नागरिकमा हिन्दुत्वको जागरण जगाउनु पर्छ, बिगतमा राजनीतिक दलका नेतृत्वले गरेको त्रुटिलाई यसपटकको निर्वाचनबाट सुधार गर्नुपर्छ, उहाँले भन्नुभयो । नीतिहरुको राजा राजनीति भएकाले आगामी प्रतिनिधि सभामा उम्मेदवार भएर आउने पार्टी र ब्यक्तिलाई सनातन हिन्दु धर्मको बारेमा प्रस्न गर्नुपर्छ र मतदान गर्नुपर्छ भण्डारीले भन्नुभयो ।
लोकतान्त्रीक मुलक हाम्रो देशमा बहुमतको सम्मान गर्नुपर्ने हो तर लोकन्त्र नै नभए झै संबिधान निर्माणमा क्रममा ९२ प्रतिसत सनातन हिन्दुधर्मालम्बीको ईच्छा र भावना बिपरित संबिधानमा धर्म निरपेक्षता राखियो उहाँको भनाई छ ।
वर्तमान हिन्दु समाजको अबस्था हाम्रो भूमिका तथा प्रयास बिषयक प्रबुद्ध नगारिक गोष्ठिमा सहभागिहरुले अवको दिनमा सबै सनातन हिन्दु धर्मालम्वीहरु संगठित हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्राध्यापक प्रेम आचार्य,डा. बिष्णुकुमार देवकोटा, नारायण रेग्मी,डिल्लीराज रेग्मी भुपेन्द्र सुबेदी, नवराज लामिछाने,पार्वती खडका्, नवराज रजौरे, सिता अधिकारी, रुद्र प्रसाद शर्मा,गणेश रेग्मी,ललित बहादुर वली, टंक प्रसाद देवकोटा लगायतले आगामी निर्वाचनमा दलहरुले सनातन हिन्दु धर्मका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा चासो ब्यक्त गर्नुभएको थियो ।
अभियान दाङका संयोजक घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सचिव गोबिन्द प्रसाद आचार्य, उदेश्य माथि प्रकास किशोरचन्द्र गौतम र सञ्चालन प्रमोद न्यौपानेले गर्नुभएको थियो ।

