ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

११ मङ्सिर

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर थुनामुक्त हुनुभएको छ । उच्च अदालतको आदेशपछि उहा केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुनुभएको हो।
उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उहा केन्द्रीय कारागार सुन्धाराबाट छुटनुभएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले जानकारु िदिनुभयो । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार असोज २९ देखि महरा पुर्पक्षको लागि कारागारमा हुनुहुन्थ्यो ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्ववय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाले उनलाई धरौटीमा छाड्न आदेश गर्नुभएको हो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन प्रकरणमा संलग्न आरोपमा महरालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
उहाविरुद्ध सरकारी वकिलले ८ करोड ५५ लाख ८८ हजार बिगो मागदावी लिएर अभियोगपत्र दायर गरेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *