कात्तिक ११ गते
आज मंगलबार बिहान उदाउँदो सूर्यलाई र व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरेका छन् ।
शनिबारदेखि सुरु भएर आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।
पहाडका केही ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ ।
यस वर्ष गुह्येश्वरी(गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ ।

