९ कात्तिक
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।
नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ,खगेन्द्र सुनार र बब्लु गुप्ता हुनुहुन्छ । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताईएको छ ।
‘चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आजै शपथ ग्रहण हुने छ |
