खराब मौसमका कारण शनिवार दिनभर बन्द हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आइतबार भने बिहानैदेखि सञ्चालनमा रहेको छ।
बिहान सवा ८ बजेसम्म त्रिभुवन विमानस्थलमा तीन वटा जहाज अवतरण भएका छन् । विराटनगरबाट आएको यती एयरलाइन्स, पोखराबाट आएको बुद्ध एयरलाइन्स र बुद्धकै भैरहवाबाट आएको जहाज अवतरण भएको हो ।
यस्तै बुद्ध र यतीका जहाजले क्रमशः भद्रपुर र पोखराका लागि उडान भरेका छन् ।
तर, केही उडान भने डिले भएका छन् । नेपाल एयरलाइन्सको रुकुम, बुद्ध एयरको सुर्खेत उडान डिले हुँदा श्री एयरलाइन्सको माउन्टेन फ्लाइट भने रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।