मोतिपुर भदौ २१

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सामाजिक तथा संस्कृतिले सामाजिक एकतामा योगदान पुराउदै आएको बताउनुभएको छ । थारु जातिको धार्मिक स्थल भ्ह्यारथानको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुरमा शनिबार उद्घाटन गर्नुहुदै बिभिन्न जातजाति,धर्म संस्कृतिले समुदायलाई एकतामा पुरर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, विकासका आधार पनि यी नै हुन । सडक,बिजुली,सिचाई,खानेपानी,स्वास्थ्य,शिक्षा लगायतमा नागरिकले सरोकार राख्ने क्षेत्र हुन । यी क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेर लुम्बिनी प्रदेशले बजेट बिनियोजन गरेको चौधरीले बताउनुभयो । दंगीशरण थारु राजा सुकौराकोटसँग जोडिएको सुन्दर गाँउ मोतिपुरमा समेत थारु राजाले राज्य संचालन गर्दा महत्वपूर्ण स्थानका रुपमा लिएको हुन सक्ने उहाँले बताउनुभयो । त्यसकारणले पनि दंगीशरण थारु राजाको दरवार र मोतिपुर गाँउको सम्बन्ध अर्थ पूर्ण रहेको बताउनुभयो । उहाँले यसबारेमा पनि अध्ययनका साथ साथै यहाँको बिकासका सोच बनाइएको बताउनुभयो ।

गत बर्ष लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय कोहलपुरबाट बिनियोजित ६ लाख ५७ हजार ९ सय रुपैयाको लागतमा उक्त भ्ह्यारथान निर्माण गरिएको हो । भ्ह्यारथान निर्माण समिति मोतिपुरले शनिबार आयोजना गरेको उद्घाटन कार्यक्रममा थारु कल्याणकारीणि सभाका केन्द्रिय कोषाध्यक्ष चूर्णबहादुर चौधरी,वडा नम्वर ११ का वडा सदस्य तिलकराम थारु,बरिष्ठ समाजसेवि तिलकबहादुर बस्नेत, मटाँवा महासंघ तुलसीपुर नगरकमिटिका अध्यक्ष बुझौना चौधरी लगायतले धार्मिक सांस्कृतिको बारेमा चर्चा गर्नुभएको थियो ।
मोतिपुर गाँउका मटाँवा तथा भ्ह्यार थान निर्माण समितिका संयोजक धनबिर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो भने स्वागत मन्तब्य धनीराम चौधरीले गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकामा १२७ गाँउ मध्ये १०० गाँउमा भ्ह्यारथान निर्माण भई सकेका मटाँवा महासंघ तुलसीपुर नगरकमिटिले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *