ब्रेकिङ न्युज
Mon. Apr 20th, 2026

२१ भदौ
नेपाल राष्ट्र बैंकले शनिबारका लागि अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ ९३ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा तोकिएको छ। विभिन्न देशका अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुनसक्छ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *