सुशील बस्नेत
तुलसीपुर,३० साउन

परम्परागत माटोबनाउने पेशा संकटमा पर्न थालेको छ । तर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ कुमाल बस्तीमा माटोको भाडा बनाउने सीप गैर कुमाल समुदायका दुई युवाले सिकिरहेका छन् । तुलसीपुर ११ की कविता जिएम र तुलसीपुरका अर्का युवा चमन बुढाथोकीले एक हप्ते माटोको भाडा बनाउने सिप सिकेका प्रेम कुमालले बताउनुभयो । कुमालका अनुसार एक हप्तैमा खुत्रुकी,साज सजावटका लागि फुलदानी,बाटा,घर भित्र सजाउने सौन्र्दयका बस्तु बनाउन सफल भएका छन् ।
गैर कुमाल समुदायले पनि आफ्नो भित्र रुचि भएमा कुमाल समुदायको कला चाडै सिक्न सक्ने यी युवाहरुले देखाएको उहाँले बताउँनुभयो । जम्मा ७ दिन मात्र सिकाएको हु, राम्रो प्रगति देखे खुसीलागेको छ, प्रेमले बताउनुभयो ।
सिप सिक्दै गरेकी मगर समुदायकी कविता जिएमले भन्नुभयो, माटो खेलाउदा तनाव मुक्त हुने एक प्रकारको मानसीक ब्याम हो । स्नातक अध्ययन पुरा गरेकी कबिताले भन्नुभयो, एउटा अध्ययनले भन्छ, माटोले मनलाई शान्त बनाउँछ । अर्को युवाहरुको आकर्षण बिदेश तर्फ हुदै गर्दा आफुले यतै बसेर केही गर्ने चाहाना भएकाले यो सिप सिकेको बताउनुभयो । माटोको भाडा बनाउने ब्यबसाय गर्ने कि यसको बारेमा केही सिक्ने र यही बनाएका भाडाको संकलन तथा बिक्रि केन्द्र खोल्ने सोच रहेको बताउनुभयो ।
अर्का चमन बुढाथोकीले भारतबाट स्नातक तह सम्मको पढाई सक्नुभएको छ । उहाँलाई पनि माटोको भाडा बनाउने सिप सिक्न रुचि लागेको छ । सिप सिक्ने र सोही अनुसार आगामी दिनमा उद्यमलाई जोड सकिने उहाँको भनाई छ ।
तर कुमाल समुदायमा आफ्नो परम्परागत पेशा संकटमा पर्दै जादा गैर कुमाल समुदायले रुचि बढाएका छन् । कुमाल समुदायका युवाहरुलाई यो पेशा प्रति रुचि नै छ्रैन, कुमाल समुदायका अगुवाहरुको भनाई छ । प्रसस्त मात्रामा पाईने कुमाल समुदायले प्रयोग गर्ने माटो उपयोग गर्ने क्षेत्र अतिक्रमणमा पर्नु,माटोको भाडाको बजारीकरण हुन नसक्नुका कारणले यो पेशा संकटमा पर्दै गएको छ । कुमाल समुदायका अगुवा प्रेम कुमालका अनुसार प्लाष्टिकका भाडावर्तनले बजार ढाके पछि माटोका भाडाको माग घटेको हो । माटोका भाडालाई आधुनीकरण गराउने चौतर्फि मागलाई मध्यनजर गरि आर्कषक माटोका भाडा बनाउने लामो प्रशिक्षण प्राप्त यो समुदायले प्राप्त गरेको उहाँ बताउनुहुन्छ । सोही अनुसार आकर्षक भाडावर्तन पनि बनाउछौ,तर बिभिन्न धातुका भाडावर्तन पनि बजार छन् । धातुको मुल्य बढी तर प्लाष्टिकका भाडा वर्तन सस्तो हुनुको अर्को कारण प्लाष्टिकले बजार कब्जा गरेको कुमालको भनाई छ । थारु समुदायले चाड पर्वमा प्रयोग गर्ने पाला र घोडा( भुतवा) कुमाल समुदायले नै बनाएको प्रयोग गर्ने प्रचलन अनुसार त्यसको माग भने रहेको कुमाल समुदायले बताउदै आएका छन् । माटोको भाडा बनाउने आधुनिक सिप सिकेका कुमाल समुदायले ठुला ठुला आकारका मुर्तिदेखि भान्सामा प्रयोग गरिने,साज सज्जाको लागि प्रयोग गरिनेसुन्दर बस्तु पनि बनाउदै आएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *