दाङ,श्रावण ५
श्रमिकको ज्याला जिल्ला दररेट निर्धारण समिति दाङले आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लामा कामदारको ज्याला तोकेको छ ।
सरकारी रेट अनुसार गत वर्ष दक्ष सिकर्मी, नकर्मी, डकर्मीको दैनिक ज्याला आर्थिक वर्ष २०८०/०८१ को भन्दा २५ रुपैयाँ बढाएर दैनिक एक हजार रुपैयाँ कायम गरिएको थियो । यस वर्ष पनि सोही रकम कायम गरिएको छ । पोहोर अदक्ष कुल्ली ज्यामीको ३० रुपैयाँ बढाएर छ सय ५० रुपैयाँ कायम गरिएकोमा यस वर्ष पनि छ सय ५० रुपैयाँ नै तोकिएको छ । गत वर्ष ज्यामी नाइकेको ज्याला प्रतिदिन ३५ रुपैयाँ बढाएर छ सय ६० रुपैयाँ पु¥याइएको थियो ।
गत वर्ष ३० रुपैयाँ बढाएर दैनिक छ सय ६० पु¥याइएको भरिया र स्प्रे म्यानको ज्याला पनि यस वर्ष बढेन । स्प्रे नाइके फोरम्यान, सुपरभाइजरको गत वर्ष ४० रुपैयाँ बढाएर दैनिक छ सय ९० रुपैयाँ पु¥याइएकोमा यस वर्ष उनीहरुको पनि ज्याला बढाइएको छैन । सिनियर सुपरभाइजरको गत वर्ष ४५ रुपैयाँ बढाइएको थियो । उनीहरुको गत वर्ष तोकेको सात सय ३० रुपैयाँ नै यस वर्ष तोकिएको छ । गत वर्ष असिस्टेन्ट सवइन्जिनियर सरहका सुपरभाइजर र सवइन्जिनियरसरहका सुपरभाइजरको शुरुको तलब स्केललाई ३० ले भाग गरी आउने रकम दैनिक ज्याला कायम गरिएकोमा यस वर्ष भने शुरुको तलब स्केललाई २६ ले भाग गरी आउने रकम दैनिक ज्याला कायम गरिएको छ ।
त्यसैगरी समितिले इलेक्ट्रिसियन (हाउस वायरिङ)को सात सय ३० रुपैयाँ प्रतिदिन, नर्सरी नाइकेको एक हजार चार सय ३१ रुपैयाँ, लेन्थ म्यानको छ सय ६० रुपैयाँ, अतिजोखिमयुक्त काम गर्ने दक्ष श्रमिकको एक हजार एक सय ४० रुपैयाँ, अति जोखिमयुक्त काम गर्ने अदक्ष श्रमिकको आठ सय १० रुपैयाँ, सामाजिक परिचालकको दैनिक छ सय ८० रुपैयाँ, कडा मेहनत गर्ने कृषि श्रमिकको प्रतिदिन छ सय ८० रुपैयाँ, सामान्य मेहनत गर्ने कृषि श्रमिक, चेन म्यान, स्टाफ म्यान र सर्वे हेल्परको छ सय ६० रुपैयाँ कायम गरिएको छ । जुन ज्याला गत वर्षकै बराबर हो । प्लम्बर -दक्ष को प्रतिदिन सात सय रुपैयाँ, डिजेल पम्पसेट हेल्पर, क्याम्प वर्कर र सवारी साधन हेल्परको छ सय ६० रुपैयाँ प्रतिदिन, स्याम्पर र खनेलको सात सय २० रुपैयाँ, स्यालो ट्युबेल जडान गर्ने हेड मिस्त्रीको दैनिक एक हजार दुई सय र सहायक मिस्त्रीको सात सय ६० रुपैयाँ प्रतिदिन, डोजर अपरेटरको नौ सय ४० रुपैयाँ, विद्युत मिटर रिडर र लाइनमेन चालु वितरण लाइन ९४०० भोल्ट० मा सुरक्षा अपनाई पोल चढेर लाइन मर्मत गर्न सक्नेको आठ सय रुपैयाँ तोकिएको छ ।
घरभाडा
दाङमा पोहोर सालदेखि सरकारी तबरबाट निर्धारण गरिएको घरभाडा यस वर्ष पनि यथावत राखिएको छ । जिल्ला दररेट निर्धारण समिति दाङले आर्थिक वर्ष २०८२÷०८३ का लागि निर्धारण गरेको दररेटमा घर भाडाको दर समेत समावेश गरिएको छ । जुन आर्थिक वर्ष २०८१/०८२ कै बराबर तोकिएको छ । दाङ जिल्लाको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा छुट्टा छुट्टै दररेट कायम गरिएको हो ।
जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेको घरभाडाको दररेट अनुसार कर समेत जोडेर घरभाडा प्रतिमहिना प्रतिवर्गफिट २५ देखि ३५ रुपैयाँसम्म निर्धारण भएको छ । जसमा उपमहानगरपालिकामा प्रतिवर्गफिट मासिक भ्याटसहित ३५ रुपैयाँ, नगरपालिकामा ३० रुपैयाँ र गाउँपालिकामा २५ रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित भाडा दर अनुसार उपमहानगरपालिकामा एउटा कोठाको औसतमा तीन हजार पाँच सय, नगरपालिकामा तीन हजार र गाउँपालिकामा दुई हजार पाँच सयको दर निर्धारण भएको हो ।