जेठ ३१

गत जेठ १५ गते राति नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले ५ वटा प्रदेशका स्थानमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ।
पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। मनसुनी वायु त्यति शक्तिशाली बन्न नसक्दा र बंगालको खाडीमा न्यूनचापीय प्रणाली पनि नबन्दा कोशीबाट अन्यत्र फैलन समय लागेको हो।
आज शनिबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ। साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।
कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा राति भारीदेखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा पनि राति हल्का वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यद्यपि पछिल्लो चौबीस घन्टामा देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा वर्षा भएको छ। दाङको बेलझुन्डीमा अन्यत्रभन्दा बढी पानी परेको छ। त्यहाँ ९९.६ मिलिमिटर वर्षा मापन भएको छ।
बझाङको थलेरमा ६५।२ मिलिमिटर, सल्यानको सल्यान बजारमा ४६.६ मिलिमिटर, प्यूठानको हंसपुरमा ४०.४ मिलिमिटर वर्षा भएको छ।
बितेको ६ घन्टायता भने वर्षा नभएको महाशाखाको वेबसाइटले देखाउँछ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेशका पहाडी भू भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *