जेठ ९ गते
बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर आज बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको हो। आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पको धक्का १ बजेर ४८ मिनेट जाँदा महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । क्षति विवरण स्पष्ट नभएको र सूचना संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।

