वैशाख ३०

सोमबार राति कावासोती दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भाँच्चिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ ।
नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल भाँच्चिएका कारण राजमार्ग अवरुद्ध भएको हो । पुल थोरै दबिएको हुँदा पूर्व(पश्चिम हिँडेका सयौँ गाडी चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँच्चिएको ४ महिना पछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *