ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

वैशाख २७

आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा,हिमपातको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *