ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

वैशाख २३

चालू आर्थिक वर्षमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६ सय ६१ परियोजनालाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको छ ।
कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए । त्यसमध्येबाट १ हजार तीन सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनोट भएका हुन् ।
कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीवारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०र८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ ।
प्रतिष्ठानले उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *