सरकारको विश्वास छैन, रित्तै घर फर्काउन खोजिरहेको छ – शिक्षक महासंघ

५ चैत, काठमाडौं। ‘
नेपाल शिक्षक महासंघको आन्दोलन अझै लम्बिने देखिएको छ । सरकार र शिक्षक महासंघको आ आफ्नौ अडानका कारण आन्दोलन लम्बिने देखिएको हो । सरकारले शिक्षकहरुलाई मागका सम्बन्धमा गलाउने र शिक्षकहरुले पनि यो आन्दोलन जिवनमरण झै अन्तीम किनारा नलाग्दा सम्म पछाडी नहटने बताएका छन् । सरकारले शिक्षकलाई काममा फर्किन आह्वान गरेको छ भने शिक्षक ऐन नलिई नफर्किने अडानमा छन् ।

पटक पटकको सहमति कार्यान्वयन नभएको गुनासो शिक्षकहरुको छ । ती सहमति कार्यान्वयनमा नै शिक्षक महासंघले आह्वान गरेको आन्दोलनमा झण्डै १६ दिनदेखि काठमाण्डौमा प्रर्दशनमा जुटेका छन् भने बिद्यार्थी भर्ना अभियानलाई समेत रोकेका छन् । प्रधानाध्यापकहरूले विज्ञप्ति निकालेर भर्ना अभियान लगायतका शैक्षिक गतिविधि बन्द रहेको जनाउँदै शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् । केही शिक्षकले आन्दोलनका लागि काठमाडौं आउन गाडी अग्रिम बुकिङ गर्नु परेको गुनासो सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
यसबाट स्पष्ट हुन्छ, विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनलाई थप सशक्त बनाउन धमाधम काठमाडौं आइरहेका छन् । काठमाडौंमा दिनहुँ प्रदर्शन चलिरहेको छ । तर, सरकारले अझै दबाब महसुस नगरेको ठानेर नेपाल शिक्षक महासंघ आन्दोलनलाई थप सशक्त बनाउन चाहिरहेको छ । विभिन्न एजेन्सीसँग चलिरहेको संवाद पनि निष्कर्षमा पुग्न सकेको छैन ।

सरकारी विद्यालय ठप्प, निजीमा धमाधम भर्ना
रुपन्देहीका कालिका मानवज्ञान मावि र शान्ति नमुना माविले विद्यालय भर्ना लगायत सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द घोषणा गरेका छन् । शैक्षिक हड्तालका कारण भर्ना लगायतका सबै कार्यक्रम बन्द गर्नुपरेको विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यी त प्रतिनिधि मुलक विद्यालयमात्रै हुन् । २० चैतदेखि शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनका कारण २७ हजार ९९० सरकारी विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । महासंघले विद्यालय बन्द गरेर शिक्षकहरूलाई काठमाडौं आउन निर्देशन दिएको छ ।
‘देशभरका विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिर्वाय सहभागी हुन शिक्षक कर्मचारीलाई अनुरोध गरेका छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । महासंघका अनुसार शिक्षक कर्मचारी गरेर देशभर ४ लाखको संख्यामा छन् । शिक्षकहरूले आलोपालो प्रणाली लागू गरेर आन्दोलनमा सहभागी भइरहेको बताएका छन् ।

भर्ना, १२ को परीक्षा र उत्तरपुस्तिका परीक्षण बहिष्कार
२०८२ बैशाख १ गतेदेखि को शैक्षिकसत्र सुरु भएको छ । तर महासंघले भर्ना अभियानमा सहभागी नहुने निर्णय गरेको छ । जसका कारण सामुदायिक विद्यालयका विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।
यतिसम्म कि, कतिपय विद्यालयले वार्षिक परीक्षाको नतिजासमेत प्रकाशित गरेका छैनन् । ११ वैशाखबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । तर शिक्षक महासंघले परीक्षा सञ्चालन र व्यवस्थापनमा सहभागी नहुने घोषणा गरेको छ ।
‘कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट नेपाल शिक्षक महासंघ र विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गलाई आग्रह गरेका छौं,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
बोर्डका अनुसार यो वर्ष करिब ५ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । शिक्षक काममा नफर्किए १२ को परीक्षा रोकिन सक्ने जोखिम छ । ‘आन्दोलन रोकिएन भने परीक्षा प्रभावित हुन्छ,’ अध्यक्ष शर्माले भन्नुभयो ।
एसईईको उत्तर पुस्तिकासमेत परीक्षण नगर्ने घोषणा महासंघले गरेको छ । आफ्ना पेसागत हकहित र सुरक्षा सँगसँगै आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा एसईईको उत्तरपुस्तिका परीक्षण गर्न पनि बोर्डले भनेको छ ।
शिक्षक आन्दोलनका कारण २७ हजार ९९० सरकारी विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिला हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । ‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको छ । शिक्षक कुरिरहेका छौँ । शिक्षकले गर्ने काम हो । अरुले गर्न मिल्दैन । विद्यार्थीको भविष्यको कुरा छ । शिक्षकहरू छिट्टै फर्किनुहुन्छ भन्ने विश्वास छ,’ परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो ।जसमा आगामी नियमित तर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थीहरू समावेश भएका थिए ।
परीक्षा बोर्डले असार पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशनमा पनि ढिलाइ हुने भएको छ ।
कक्षा १२ को परीक्षा ११ गतेदेखि, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

सरकारले शिक्षकलाई काममा फर्किन बारम्बार आग्रह गरिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर काममा फर्किन शिक्षकहरूलाई भनेको छ । ‘नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने, माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को उत्तरपुस्तिका परीक्षण गर्ने एवं कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समय भएकोले प्रदर्शनका कार्यक्रम रोकी शिक्षकहरूलाई आ–आफ्नो काममा फर्किन आह्वान गर्ने,’ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
२ वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने निर्णय गरेकाले काममा फर्किन मन्त्रालयले आह्वान गरेको छ । तर शिक्षक महासंघ ऐन जारी हुनेमा विश्वस्त हुन सकेको छैन । त्यसैले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने भन्दै देशभरका शिक्षकहरूलाई महासंघले आन्दोलनका लागि काठमाडौं बोलाएको छ । सरकार र महासंघबीच संवाद भइरहे पनि निष्कर्षमा पुग्न सकेको छैन।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *