बैशाख ३
अहिले देशभर स्थानीय वायुको प्रभाव छ। बिहीबारदेखि नयाँ प्रणाली भित्रँदैछ । अझै बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान देशभरि बदलीको अवस्था छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बुधबार मंगलबारको तुलनामा केही कम पानी पर्ने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिनुभयो।
बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए।
तराईका एकरदुई स्थानमा पनि वर्षाको सम्भावना छ। साथै उच्च पहाडी भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।

