ब्रेकिङ न्युज
Sun. Apr 19th, 2026

चैत ३०
दाङ लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोट लगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज लुम्बिनी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *