चैते दशैँ पर्व आजमनाइँदै,भोली सार्वजनिक बिदा

By Sushil Basnet २२ चैत्र २०८१, शनिबार ०१:३३ २२ चैत्र २०८१, शनिबार ०१:३३ २२ चैत्र २०८१, शनिबार ०१:३३

चैत २३
हिन्दुहरुको चाड चैते दशैँ आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । आज अष्टमीको दिनलाई चैते दशैँ र भोलि नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ ।
चैते दशैँको अवसरमा दाङ देबिका शक्ति पीठहरुमा बिहानैदेखि पूजा गर्ने धर्मालम्बीहरुको भिड लागेको छ । सल्यानको खैरावाङ,घोराहीको अम्बिकेश्वरी, तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दीर लगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी काठमाण्डौ उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवम् दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
सरकारले रामनवी पर्वको अवसरमा भोली २४ गते सार्वजनिक बिदा दिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *