फागुन २३
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति देशको पहाड़ी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति देशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कतै बदली,कतै हिमपातको सम्भावना

