१६ फागुन
डिजेल र मट्टीतेलमा मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य घटेको छ ।
शुक्रबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमको भनाइ छ ।
डिजेल र मट्टीतेलको मूल्य घट्यो

