ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

फागुन १२
सोमबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भु भागमा आंशिकदेखि साधारणतया बदली बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। तराईका केही स्थानहरुमा हुस्सु लागेको छ।
सोमबार दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा राति‍ पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार विशेष बुलेटिन जारी गरी मधेश प्रदेशका पूर्वी भू(भाग ९सप्तरी० तथा कोशी प्रदेश को तराई भू भाग -झापा, मोरङ र सुनसरी) मा मन्द शुक्रबारदेखि शीतलहर चलेको जनाएको छ।
शीतलहरको अवस्था मंगलबारसम्मै जारी रहने र त्यसपछि क्रमिक सुधार हुने पनि महाशाखाले जनाएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *