ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

By Sushil Basnet ११ फाल्गुन २०८१, आईतवार ०१:१२ ११ फाल्गुन २०८१, आईतवार ०१:१२ ११ फाल्गुन २०८१, आईतवार ०१:१२

फागुन ११
पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो ।
आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । निषेधाज्ञा लागू गर्न चार किल्ला पनि तोकिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *