तुलसीपुर,१० फागुण
नेपाल सुनचाँदी ब्यबसायी महासंघका पूर्व केन्द्रिय अध्यक्ष मोहन सुनारले राज्यको नीतिका बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । दाङ तुलसीपुर सुनचाँदी ब्यबसायी संघको १५ औ साधारण सभा तथा ७ औ अधिबेसनबाट निर्वाचित कार्यसमितिको शनिबार तुलसीपुरमा आयोजित सपथ ग्रहण तथा पदभार कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै पूर्व अध्यक्ष सुनारले सामान्य घटनामा समेत सुनचाँदी ब्यबसायी माथि सरकारले कठोर सजाय दिने गरेको बताउनुभयो । तत्काल हालका केही नीतिलाई संशोधन गरी सुनचाँदी ब्यबसायीलाई ब्यबसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड उँहाले दिनुभयो । नेपालमा सुनचाँदी खरिद गर्न त्यति सजिलो नीति छैन, तर पनि खरिद गर्दा २० प्रतिसत भन्सार दर लिदै आएको छ । बिदेशबाट बनाएका गरगहनालाई आयात गर्दा भने निकै कम भन्सार दर रहेको प्रति उहाँले आक्रोस ब्यक्त गर्नुभयो । जसको भन्सार दर मात्र ९.५ प्रतिसत रहेको छ । बिदेशी गरगहना आयातमा लचकता अपनाउनु यहाँका ब्यबसायी माथि अन्तराष्ट्रिय पुँजीबादहरुको बर्चस्व कायम गर्ने गरी हालको नीतिलाई संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्यथा केन्दीय कार्यसमितिको आह्वानमा सबैप्रदेश,जिल्ला र नगर कमिटि २० हजार बढि ब्यबसायीको ऐक्यबद्धतामा आन्दोलनमा उत्रने उहाँले चेतावनी दिनुभएको हो ।
सो अवसरमा केन्द्रिय उपाध्यक्ष बुद्धि बिडारी, केन्द्रिय कोषाध्यक्ष सुदीप श्रेष्ठ,नेपाल सुनचाँदी ब्यबसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुवराज गहतराज, सुदुरपश्चिम प्रदेशका अध्यक्ष सन्तोष लामिछाने, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय बरिष्ठ उपसभापति एवम संवाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत, केन्द्रिय सदस्य राजेन्द्र सुनार,केन्दिय सदस्य लोकबहादुर सुनार,केन्द्रिय सदस्य मदन के.सी.,केन्द्रिय सदस्य चेतनारायण बिश्वकर्मा, केन्द्रिय सदस्य मेघराज सुनार,केन्द्रिय सदस्य हर्क सुनार,त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले सुनचाँदी ब्यबसायलाई सुरक्षित र मर्यादीत बनाउन कानुनको ब्यबस्था गरिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै,सुनको कच्चा पदार्थको आपुर्तिको ब्यबस्था, पर्याप्त सुनको आपुर्ति,सुनको आयात पछि बितरणमा समानुपातिक प्रणाली र भन्सार दरमा हेरफेर गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा दलित संघका जिल्ला अध्यक्ष लिला बिश्वकर्मा,सुनचाँदी ब्यबसायी नेपालगञ्जका अध्यक्ष सलाउद्धिन जैसवाल,दाङका अध्यक्ष पीताम्वर सुनार, सल्यानका अध्यक्ष रमेश सुनार, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेश राजभण्डारी, घोराही सुनचाँदी ब्यबसायी संघका महासचिव मानबहादुर बिश्वकर्मा, नवलपरासीका उपाध्यक्ष कुलदिप स्वर्णकार,दलित अधिकारकर्मी निर्मल नेपाली,अर्डिटर एशोसियसनका अध्यक्ष ललित घर्ती लगायतले सुनचाँदी ब्यबसायीले भोग्दै आएको समस्याका बारेमा बोल्नुभएको थियो ।
दाङ सुनचाँदी ब्यबसायी संघका अध्यक्ष हरिकृष्ण बि.क.को अध्यक्षतमा भएको उक्त कार्यक्रममा २०८१ फागुण ३ गतेको अधिबेसनमा निर्वाचन कमिटिको संयोजक अधिबक्ता मधुसुदन गौतमले सपथ ग्रहण तथा पदभार कार्यक्रम गराउनुभएको थियो । त्यस अवसरमा स्वागत मन्तब्य समितिका सलाहकार जोगेन्द्र बिश्वकर्माले गर्नुभएको थियो भने सहजिकरण संचार सल्लाहकार लक्ष्मण बिश्वकर्माले गर्नुभएको थियो । समितिमा पुर्न हरिकृष्ण बि.क.को अध्यक्षतामा कार्यसमिति र्निबिरोध निर्वाचत भएको छ ।

