१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो ।
तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति बैठक समेत सरेको छ । कांग्रेसले महासमितिको अर्को बैठक मंंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुस्खद घटनाका रुपमा लिँदै प्रभावितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
कांग्रेसले आइतबार राहत सामग्री उपलब्ध गराउन र स्वास्थ्य उपचार गर्नका लागि पार्टीका तर्फबाट सदस्यले जम्मा गरेको कोषबाट पचास लाख दिने गरेको थियो । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले त्यसलाई अनुमोदन गरेको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *