१९ कार्तिक
बागलुङ –शनिबार कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बागलुङमा दुर्घटनामा परेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङको मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख चढेको गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने चढेको कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको जीप विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ । मोटरसाइकलमा तीनजना चढेका थिए ।
