३० भदौ
नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको हो ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ ।
त्यस्तै दाङ र सुर्खेत र क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।
पेट्रोलीयम पदार्थको भाउ घट्यो

