मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीलाई बिदा

By Sushil Basnet ३१ भाद्र २०८१, सोमबार ०१:३८ ३१ भाद्र २०८१, सोमबार ०१:३८ ३१ भाद्र २०८१, सोमबार ०१:३८

३१ भदौ
सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । मुस्लीम समुदायको बाहुल्यता रहेका स्थानीयले पनि सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *