भदौ ३०
सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान कायम गरेको छ ।
यसअघि सुनको भाउको उच्च भाउ गएको शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएको हो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *