ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद प्रकरणमा मुद्दा दायर

काठमाण्डौ– चैत २२

वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन जीवनबहादुर शाही तथा पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना,नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन महाप्रबन्धक एवम् सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारसमेत ३२ जनामाथि एक अर्ब ४७ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको आरोप पत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र अहिलेका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा अहिलेका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा अहिलेका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र अहिलेका उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले उनीहरूविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ५२ रुपैयाँ ८५ पैसा बिगो मागसहित मुद्दा दायर गरेको हो । निगमले २०७३ सालमा दुई वटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी जहाज खरिदमा भएको अनियमितताका सम्बन्धमा २४ जना नेपाली र आठ जना विदेशी रहेका बताउनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *