ब्रेकिङ न्युज
Wed. Nov 13th, 2024

भागवत भाष्कर कमलनयन गौतमबाट त्रिसिदेश्वरी मन्दीरको दर्शन

By Sushil basnet २० माघ २०८०, शनिबार ०४:४४ २० माघ २०८०, शनिबार ०४:४४ २० माघ २०८०, शनिबार ०४:४४

सुशील बस्नेत
दाङ तुलसीपुर,२० माघ
भागवत भाष्कर कमल नयन गौतमले दाङको धार्मिक स्थल त्रिसिद्धेश्वरी मन्दीरको दर्शन गर्नुभएको छ । शनिबार बिहान तुलसीपुर स्थीत उक्त मन्दीरको दर्शन गर्नुभएको हो । उहाँले मन्दीर परिसरमा रहेका बिभिन्न देवीदेवताको दर्शन गर्नुभएको हो । मन्दीरमा दर्शन गर्न पुग्नुभएका गौतमलाई पण्डीत कुलचन्द्र भट्टराई,पण्डीत प्रेमप्रसाद दाहाल र पण्डीत नारायण लम्सालले स्वागत गर्नुभएको थियो ।
माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन भएको महायज्ञको कथावाचन गर्नुभएका गौतमले रुचिपूर्वक त्रिसिद्धेश्वरी मन्दीरको बारेमा जानकारी लिनुभएको थियो । उहाँलाई मन्दीरका बारेमा त्रिसिदेश्वरी मन्दीरमा योगदान गर्दै ब्यबसायी उत्तमकुमार श्रेष्ठले बृस्तीत रुपमा जानकारी गराउनुभएको थियो । उहाका साथमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी,महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेत,सल्लाहकारद्धय चिरिन्जीवि रिजाल र बलदेव शर्मा,सुरेश हमाल,गोरख वली,प्रमोद सेनी लगायत रहनुभएको थियो ।
२०३२ सालमा स्थापना गरिएको हिन्दुधर्मालम्वीको आस्थाको त्रिसिद्धेश्वरी मन्दीर तुलसीपुरमा देवी, सरस्वती, गणेश, शिव,सनी,बिश्वकर्मा लगायतका कलात्मक मुर्तिहरु छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *