ब्रेकिङ न्युज
Wed. May 22nd, 2024

पाचौ दिनको मध्यान्ह् सम्म २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैया आर्थिक सहयोग

By Sushil basnet १७ माघ २०८०, बुधबार ०७:४७ १७ माघ २०८०, बुधबार ०७:४७ १७ माघ २०८०, बुधबार ०७:४७

तुलसीपुर,१७ माघ
५ करोड आर्थिक संकलन गर्ने उदेश्य लिएको मानव सेवा आश्रमको महायज्ञबाट लक्ष्य पुरा हुने देखिएको छ । तुलसीपुरको अरणीको मैदानमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको मानव सेवा आश्रम निर्माणार्थ सञ्चालन गरिएको महायज्ञको पाँचौ दिनको मध्यान्ह् सम्म नगद ५० लाख ५६ हजार ३ सय ६८ रुपैया सहयोग प्राप्त भएको छ । स्थानीय सरकार तथा संघसंस्थहरुको प्रतिबद्धताबाट १ करोड ६३ लाख ८१ हजार ८ सय ८८ रुपैया प्राप्त हुने भएको छ । नगद र प्रतिद्धता समेत गरि २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैया आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमितिले जानकारी दिएको छ । महायज्ञमा सबैभन्दा बढि लायन्स क्लव अफ ईन्टरनेशनलबाट १ करोड २३ लाख,तुलसीपुर उपमहानगरपालिकाबाट ५ कोठा भवन निर्माणका लागि २५ लाख ५५ हजार ५ सय ५५ रुपैया,लुम्बिनी प्रदेश सभासदस्य रेखा शर्माले ५ लाख ११ हजार १ सय ११,दङीगशरण गाँउपालिका ५ लाख ११ हजार १ सय ११ र शान्तिनगरगाँउपालिकाबाट ५ लाख ११ हजार १ सय ११ हजार रुपैया भवन निर्माणार्थ रकम उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भईसकेको छ । पाँचौ दिन सम्मको आर्थिक सहयोग प्राप्तीको अबस्थालाई दृष्टिगत गर्दा ५ करोड भन्दा बढि रकम संकलन हुने देखिएको मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिनुभयो । योगदान कक्षमा आर्थिक सहयोग गर्नेहरुको उत्साहजनक भीड देखिएको छ ।
पाचौ दिनमा पण्डाल भरिभराउ
महायज्ञ स्थलको पण्डालमा ठुलो संख्यामा रहेका धर्मालम्वी तथा दर्शनार्थीहरुको पाचौ दिन भरिभराउ रहेको छ । कथा वाचनकर्ता कमलनयन गौतमको शैलिले मग्नमुग्ध भई रमाई रहेका महिला तथा पुरुषहरु भजन प्रस्तुतिका बखत नृत्य गर्ने र रमाउने गरेका छन् । मंगलबार चौथो दिन झण्डै २५ सय बढीको उपस्थीति रहेको आकलन गरिएकोमा पाचौ दिन बुधबार उक्त संख्या भन्दा बढी उपस्थीति रहेको मुल आयोजक समितिले बताएको छ ।
दैनिक बिभिन्न कार्यक्रम
बिहान योग कक्षा र बिहान ८ बजेदेखि १० बजे सम्म शिक्षक र बिद्यार्थीका लागि सकारात्मक सोच सम्बन्धि कक्षा,बिहान ११ बजदेखि बेलुकी ४ बजे सम्म कथा वाचन,अपरान्ह् ५ बजे आरती र बेलुकी ७ बजेदेखि ९ ः ३० बजे सम्म भजनकृत्तन तथा नृत्य उमङका साथ हुने गरेको मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *