ब्रेकिङ न्युज
Sat. Jan 25th, 2025

महायज्ञको चौथो दिन दाताहरुको उत्साहजनक उपस्थीति

By Sushil Basnet १६ माघ २०८०, मंगलवार ०७:२६ १६ माघ २०८०, मंगलवार ०७:२६ १६ माघ २०८०, मंगलवार ०७:२६

दाङ तुलसीपुर ,१६ माघ ।
माघ १३ गतेदेखि २० गते सम्म तुलसीपुर स्थीत अरणीको मैदानमा शुरु गरिएको मावन सेवा आश्रम निर्माणार्थ सञ्चालन गरीएको महायज्ञमा दाताहरुको उत्साहजनक सहभागिता छ ।
मंगलबार २ हजार ५ सय बढि भक्तजन / दर्शनार्थीहरु पण्डालमा मनोरञ्जन गरि रहेका छन् । सोमबार पण्डाल ( भक्तजन/ दर्शनार्थी बस्ने ठाँउ) भरि भराउ भएको अबस्थालाई दृष्टिगत गर्दै चौथो दिनमा पण्डाललाई थपिएको छ । पण्डाल भरिभराउ छ । अधिकासं महिलाहरुको सहभागिता रहेको छ ।
प्रत्येक दिन बिहान योग,साकारात्मक सोच सम्बन्धि कक्षा सञ्चालन हुने गरेका छन् । त्यसपछि बिहान ११ बजेदेखि अपरान्ह् ४ बजे सम्म कथा वाचन र बेलुकी आरतीका साथ भजनकृत्तन हुने गरेका छन् ।

मध्यान्ह् १२ बजे सम्म साँढे ८ लाख संकलन
चौथो दिन मध्यान्ह् १२ बजे सम्म करिव साँढे ८ लाख संकलन भएको छ । आर्थिक संकलन उपसमितिका अनुसार ८ लाख ३७ हजार ८ सय ७६ रुपैया संकलन भई सकेको छ । बेलुकी सम्म थप बृद्धि हुने अपेक्षा गरिएको छ । सोमबार तेस्रो दिन साँढ२१लाख रुपैया आर्थिक संकलन भएको थियो ।
तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गर्नुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *