मौसममा फेरि फेरबदलः ५६ जिल्लामा ‘रेड अलर्ट’,कृषि क्षेत्रमा असर पर्नसक्ने

By Sushil Basnet १० आश्विन २०८१, बिहीबार ०१:१४ १० आश्विन २०८१, बिहीबार ०१:१४ १० आश्विन २०८१, बिहीबार ०१:१४

आश्विन १०
मनसुन सक्रिय भएपछि सातै प्रदेशका ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।
महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।
महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।
असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।
यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।
यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ ।
त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।
आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *